दुहबी / सुनसरीको दुहबी नगरपालिकामा एकैदिन ६ वटा कार्यालय भवनहरुको सिलान्यास गरिएको छ। नगर प्रमुख बेद गच्छादारले गत बुधबारका दिन वड नम्बर १, ३ , ४ ,६ , र ११ को वडा कार्यलय भवनको सिलान्यास गरेका थिए भने दुहबी ६ मा पशु सेवा साखा भवनको समेत सिल्यानास गरेका थिए ।
करिब पौने २ करोड्को लागतमा बन्ने उक्त वडा प्रशासनिक भवनहरु सिलान्यास भएको मितिले असार १५ भित्र निर्माण सम्पन्न गरी सम्बन्धित वडाहरुलाइ हस्तान्तरण गरिसक्नु पर्ने ठेकेदार कम्पनिहरु सगको सम्झौतामा उल्लेख छ । सगुन निर्माण सेवाले दुहबी ४ को वडा भवन रु ४२,८४,४८४ . ४३ / मा र दुहबी ६ को वडा भवन रु ४२,०८,९६७ . ८८ / पशु सेवा शाखा भवन रु ३२,२२,१०८ . ६८ मा निर्माण गर्ने ठेक्का पाएको छ।
यसैगरी दुहबी ११ को भवन निर्माण ठेक्का कोशीला निर्माण सेवाले रु ४२,६५,००५. ४५ मा लिएको छ्। अख्तर कन्स्ट्रक्सनले दुहबी १ को वडा कार्यलय भवन निर्माण सम्पन्न गर्ने जिम्मा रु ४२,८७,४२ . ९८ मा लिएको छ । सबै निर्माण सेवा हरुले असार १५ सम्म काम सम्पन्न गरि सकेर हस्तान्तरण गरिसक्नु पर्ने छ ।
भवन सिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गगच्छादारले संघिय संरचना निर्धारण भएदेखि स्थानिय तहमा रएका वडाअरुले आफ्नै भवन बाट सेवा प्रवाह गर्नु पर्ने र जनताले सहुलियत र सहज सेवा लिन पाउनु पर्ने ब्यावस्था अनुसार नै वडा कार्यलय भवन निर्माण सुरु गरेको बताए ।
उनले भने , दुहबीमा १२ वटा वडा रहेका छन, केहि वडा का आफ्नै भवन थिए तर धेरै वडाहरुका आफ्ना भवन नभएर सास्ति भोग्दै आएको मैले नजिक बाट देखेको छु, दोस्रो कार्यकाल सुरु भएसगै भवन निर्माणका लागी जग्गा खोज्ने काम भयो , अहिले एकैदिन ५ वटा वडा कार्यलय सिलान्यास गर्न पाउदा खुसि छु ।
काम जिम्मा लिने ठेकेदार कम्ककम्पनिलाइ समय भित्र काम सम्पन्न गर्न निर्देशन गर्दै नगरपालीका का इन्जिनियर्स टिमलाइ काम को गुणस्तर मापनका लागी निरिक्षण गरिरहन आदेस गरेका छन ।





