• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

काेचिला खबर by काेचिला खबर
12/04/2023
in स्थानीय
60
SHARES
274
VIEWS
Share on FacebookShare on Twitter

झापा । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह पोखरी केही नेताका लागि दुहुनो गाई बनेको छ । २०६५ सालदेखि निर्माण सुरु गरिएको पोखरीमा करोडौँ बजेट खन्याइएको छ तर अझै निर्माण सम्पन्न भएको छैन । बजेट विनियोजन भने भइरहेको छ । पटक पटक गुरुयोजना तयार पारिन्छ र परिवर्तन हुन्छ । पटक पटक बजेट विनियोजन हुन्छ तर काम घेराबारामै सीमित छ ।

पोखरी संरक्षणका लागि सङ्घीय सरकारअन्तर्गतका कार्यालयबाट अहिलेसम्म डेढ करोड रुपैयाँभन्दा बढी रकम आइसकेको छ । त्यसबाट घेराबारा गर्ने, जग्गा छुट्याउने, पर्खाल लगाउने काम मात्र भएको बताइन्छ ।

यीबाहेक थुप्रै निकायबाट छुट्याइएको करोडौँ बजेट उक्त पोखरीको नाममा सकिएको छ । उक्त पोखरी निर्माणका लागि भन्दै आर्थिक वर्ष २०७०–७१ मा नगरपालिकाले गुरुयोजना निर्माण गर्‍यो । ऐतिहासिक पोखरीको संरक्षण गर्न त्यसबेला विकास समितिका अध्यक्ष हेमन्त कार्की थिए । उनैको अगुवाइमा बनाएको गुरुयोजनामा ३ करोड ८५ लाखमा पर्यटकीय पूर्वाधार विकास गर्न सकिने अनुमान गरिएको छ । त्यसलगत्तै स्थानीय विकास मन्त्रालयले २५ लाख रुपैयाँ प्रदान गर्‍यो । २०७२ सालमा १८ लाख रुपैयाँ लागतमा पोखरीको अतिक्रमण हटाएर घेराबारा गरियो ।

कार्की नेतृत्वको समितिले काम गरिरहेको बेला नगरपालिका संयन्त्रले २०७२ सालमा फेरि यादवराज सेडाईको अध्यक्षताम अर्को समिति बनायो । समितिले २०७२ सालमा १८ लाख रुपैयाँ लागतमा पोखरीको अतिक्रमण हटाएर घेराबारा गर्‍यो । २०७३ सालमा पुनः स्थानीय विकास मन्त्रालयबाट आएको ३८ लाख ७४ हजार रुपैयाँ बजेटमा समितिले घेराबाराको काम गर्‍यो ।

पुनः उपभोक्ता समिति परिवर्तन गरेर २०७४ मा अर्को समिति बन्यो । त्यसको अध्यक्ष थिए दीपक कार्की । अध्यक्ष कार्की पूर्वमुख्यमन्त्री कार्कीका सहोदर दाजु हुन् । उक्त समितिले पुनः २०७४–७५ मा अर्को गुरुयोजना निर्माण गर्‍यो । त्यो गुरुयोजनामा ११ करोड लागतमा काम सक्ने उल्लेख छ । त्यही वर्ष नगरपालिकाले १ करोड बजेट विनियोजन पनि गरेको थियो भने सोही वर्ष पर्यटन मन्त्रालयले पनि पोखरी निर्माणका लागि विनियोजन गरेका मध्ये ५२ लाख रुपैयाँ खर्च भयो ।

आर्थिक वर्ष २०७५–७६ मा पुनः कोशी प्रदेश सरकारबाट पोखरी संरक्षण, गौरादह पोखरी व्यवस्थान र पर्यटकीय पोखरीको पूर्वाधार निर्माण भन्दै तीन करोड रुपैयाँ विनियोजन गरियो । सो रकममध्ये १ करोड ५ लाख रुपैयाँ फेरि घेराबाराका लागि खर्च भयो । सोही वर्ष नगरपालिकाले पनि पोखरी निर्माणका लागि भन्दै ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पोखरीमा खर्च गर्ने क्रम अझै रोकिएन । आर्थिक वर्ष २०७६–७७ मा पनि प्रदेश सरकारबाट पोखरीको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भयो । पोखरीको विकासका लागि २०७७ सालमा उपभोक्ता विकास समितिका अध्यक्ष दीपक कार्कीको अगुवाइमा पुनः तेस्रो गुरुयोजना निर्माण गरियो ।

नगरपालिकाको २० लाख रुपैयाँ सहयोगमा यस पटक बनेको अर्को गुरुयोजनाले पोखरीको सबै पूर्वाधार निर्माण गर्न ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गर्‍यो । सोही अनुमान अनुसार प्रदेश सरकारले पुनः आर्थिक वर्ष २०७८–७९ मा पोखरीका लागि ४ करोड बजेट विनियोजन गरेको थियो । तर तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वमा नयाँ सरकार बनेपछि त्यो बजेट प्रदेश सरकारले कटौती गर्‍यो ।

अघिल्लो आर्थिक वर्षमा पनि उक्त पोखरी निर्माण भन्दै ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर बजेट कम भएको भन्दै कार्यक्रम सम्झौता नगरेका कारण बजेट फ्रिज भयो । यस पटक मुख्यमन्त्री बन्दा कार्कीले आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको र आफ्नै दाजु उपभोक्ता समितिको अध्यक्ष रहेको पोखरीका लागि अध्यादेशबाट आएको बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेका थिए । उक्त बजेटलाई प्रतिस्थापन गर्ने बेलामा मुख्यमन्त्री केदार कार्कीले बजेट कटौती गर्न खोजेका थिए । तर उनै पूर्वमुख्यमन्त्री कार्कीको दबाबमा पुनः चालु आर्थिक वर्षका लागि गौरादह पोखरी निर्माणका लागि चार करोड बजेट विनियोजन भएको छ ।

यद्यपि प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय सरकारबाट कहिले ठेक्का, कहिले उपभोक्ता समिति र कहिले कोटेसनमा काम भएकाले पोखरीमा अहिलेसम्म ठ्याक्कै कति खर्च भयो भन्ने तथ्याङ्क कसैसँग छैन ।

गौरादह बजार छेउमा रहेको पोखरी करिब ९ बिघा क्षेत्रफलमा फैलिएको छ । पछिल्लो गुरुयोजनाअनुसार पोखरीमा आकर्षक पार्क, २३ मिटरको भ्युटावर, बोटिङ, फोहोरा, पोखरीको बिचमा अतिथिगृह, सवारी पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

यता प्रदेश सरकार पर्यटन मन्त्रालयले भने करोडौँ रुपैयाँ बजेट विनियोजन भएको पोखरीको डीपीआर अस्वीकार गर्ने बताएको छ । ‘हामीले डीपीआर देखेका छैनौँ,’ पर्यटन मन्त्रालय पर्यटन महाशाखाका प्रमुख कुलदीप यादवले भने, ‘यस पटक डीपीआर मात्रै बन्छ होला ।’ पोखरीको डीपीआर बनाएको बारे गौरादह नगरपालिकाले भने अनभिज्ञता प्रकट गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist