दुहबी / सुनसरीको दुहबी नगरपालीकाको बिभिन्न वडाका युवाहरुको सामुहिक प्रयास द्वारा कपडा तथा जुत्ता बैँक सुरु भएको छ।
दुहबी नगरपालीकाको भवन अगाडि आज बाट युवाहरुले सामुहिक रुपमा कपडा तथा जुत्ताको बैँक सुरु गरेका हुन । हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस भन्ने नाराका साथ आज बाट सुरु भएको cloth and shoes bank निरन्तर चलि रहने यस अभियानका युवाहरुले बताएका छन ।
जाडोको मौसम बढेसगै हुदाखाने समुदायका मानिस हरुलाइ एकसरो ढाक्ने लुगा अभाव कै कारण ज्यान समेत गुमाउनु पर्ने बाध्यता नहोस भनेर हुने खाने ले लगाएर अर्धना भएका लुगालाइ सफा बनाएर यस बैँक मार्फत निशुल्क बितरण गर्न थालियको स्थानिय युवाहरुले बताएका छन ।
युवाहरुको सामाजिक दायित्व बोध सगै समाज रुपान्तरणको अभियानमा जोडिन सबैलाइ आग्रह गर्दै अभियन्ताहरुले इच्चुक दाताहरुलाइ अभियानमा जोडिन आग्रह गरेका छन ।





