दुहबी / सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडी बजारबाट ५ सय ७० थान अन्तःशुल्क स्किटर सहित सोही वडा बस्ने वर्ष २१ का जीवन प्रकाश यादव पक्राउ परेका छन ।
हरिनगराबाट चिमडी तर्फ आउदै गर्दा पक्राउ परेका यादवको साथबाट प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको आन्तरिक राजश्व विभाग च्भ्ब्म्थ्ःब्म्भ् त्इद्यब्ऋऋइ लेखिएको ५ सय ७० थान स्टिकर फेला परेको छ ।
निज जीवन प्रकाश यादव विगत ३ , ४ वर्ष देखि भोला गुट्खा कारोबारीमा संलग्न रहँदै आएको र गुट्खा मार्केटिङ गर्दै आएको बुझिएको छ । यादवले दैनिक रुपमा बिराटनगरबाट २ देखि ३ बोरा भोला गुट्खा ल्याएर सुनसरी जिल्लाका कप्तानगञ्ज, साहेबगञ्ज, हरिनगरा र देवानगञ्ज लगायतका बजारमा बेच्ने गरेको खुलेकाे छ
बिक्रीकालागि ल्याइएको गुट्खा सम्वन्धित व्यापारी तथा पसलेलाई दिने क्रममा निज व्यक्तिले बोरामा टाँसिएको अन्तःशुल्क स्टिकर झिक्ने र भेला पारेर राख्ने गरेको र डिलरमा पु¥याई बुझाउने गरेको खुल्न आएको छ ।
एक पटक प्रयोग भैसकेको अन्तःशुल्क स्टिकर पूनःप्रयोग गर्न नपाइने र प्रयोग गरेमा राजश्व छली ठहरिने कानुनी प्रावधान बमोजिम निज गुट्खा कारोबारीबाट बरामद स्टिकर पूनःप्रयोगमा ल्याउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाले यस कार्यालयको च.न.११९८ मिति २०८०।०७।३० गतेको पत्रसाथ आवश्यक कार्वाहीकालागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको मा घटना बारे थप अनुसन्धान भैरहेको दुहबी प्रहरीले जनाएका छन ।