दुहबी / सुनसरीको दुहबी ३ स्थित रहेको प्रिमियर अर्गानिक लिमिटेड उद्योगमा आज सोमबार बिहान अन्दाजी ५ बजेको समयमा मेसिनमा च्यापिएर १६ वर्षीय एक किशोरको मृत्यु भएको दुहबी प्रहरीले जनाएका छन ।
मत्यु हुनेमा स्थानीय दुहबी ३ घर भएका १६ वर्षीय पर्वत सरदार रहेका छन् ।
श्रम ऐन अनुसार १८ बर्ष मुनिका बालबालिका लाई जोखिम पुर्ण काममा लाउन नपाउने व्यवस्था भए पनि उद्योग व्यवस्थापनले कानुन मिचेर १६ वर्षीका बालबालिका तथा किसोरहरु लाई उद्योगको काममा लगाएको भन्दै मजदुरका विभिन्न ट्रेड युनियनले सो घटना प्रती आपति जनाएका छन ।
यता उद्योग प्रशासन श्रवण चौधरीले १६ बर्षका बालबालिका तथा किशोरहरु लाई उद्योगको काममा ठेकेदार मार्फत राख्ने गरेको मजदुरहरु बताउछन ।
एक मजदुरका अनुसार नेपाली हरुको ठूलो दोस्रो चाड तिहार चल्दै गर्दा सबै उद्योगमा मजदुरहरुको बिदा भएको बेला प्रिमियर अर्गानिक लिमिटेड उद्योग बिदाको दिन पनि उद्योग चलाएर मेसिनमा काम लाउदा कामदार लाई कुनै सुरक्षा सेफ्टी नदि काम लगाए पछि मजदुरको मृत्यु हुनुमा उद्योग व्यवस्थापनको गम्भिर लापरबाही भएको बताए ।
उद्योगमा मजदुरको मृत्यु बारे उद्योगका मेनेजर आशिष् जोशि संग बुझ्न खोज्दा आफू छ्लफलमा भएको भन्दै बोल्न आनाकानी गरेका छन ।
यता सो घटना बारे ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल संग बुझ्दा थप अनुसंधान भईरहेकोमा मृत्क सरदारको पोस्टमार्टमको रिपोर्ट नआए सम्म केही भन्न नमिल्ने बताए





