दुहबी / सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ४३३ मा रहेको ८ कठ्ठा १५ धुर जग्गामा रहेका अवैध संरचना माथि आईत बार डोजर लगाई खाली गराइएको छ ।
दुहबी नगरपालिकाले सो जग्गामा बनेका घर टहरा र भौतिक संरचना खाली गराउन १५ दिने सूचना जारी गरेपछि अधिकांस घरहरु स्थानीयले आफै भत्काउन सुरु गरेता पनि । दुहबी नगरपालिकाले बाँकी रहेको घर संरचना JCB लगाएर भत्काएको हो ।
सपिङ कम्प्लेक्स लगायतको भौतिक संरचना निर्माणकार्य गर्नकालागी दुहबी नगरपालिकाले दुहबी बजारको अन्तिम प्लट पनि डोजर लगाएर खाली गराएको हो । यस अघि गत बैशाख र असारमा २ वटा प्लट खाली गराइएको थियो ।





