दुहबी / सुनसरी दुहबी ७ भलुवा घर भएका अन्दाजी बर्स ३५ को पत्रकार तथा थारु गित रचनाकार चन्द्र मोहन बिश्वास मृत अवस्थामा भेटिएका छन् ।
उनी आफ्नै खेत बारीको घरमा आज २ बजेको समयमा झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएका छन ।
सो घटना बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल संग बुझदा घटना बारे अनुसंधान भई रहेको र सव लाई पोस्टमार्टमको लागी कोशि अस्पताल बिराटनगर पठाईएको बताए ।
मृतक चन्द्र मोहन बिश्वास मकालू टेलिभिजन , रामधुनी एफम लगायत मिडियामा कार्यरत थिए । उनि थारु भाषाका गित तथा रचनाकार समेत रहेका थिए ।





