दुहबी / दुहबी नगरप्रमुख बेद गच्छादारले दुहबी ४ मा निर्माण सम्पन्न कोल्ड स्टोर र साप्ताहिक हाटबजारको चाबी हस्तान्तरण गरेका छन्।

सोमबार गच्छादारले एक कार्यक्रमका बिच कोल्ड स्टोर र साप्ताहिक हटियाको बिधिवत रुपमा शीला अनावरण र दिप प्रज्वलन सहित उद्घाटन गर्दै कृषि बजार ब्यावस्थापन समितिका अध्यक्ष राजन बस्नेतलाइ चाबी हस्तान्तरण गरेका हुन।
चाबी हस्तान्तरण गर्दै मेयर गच्छ्दारले नगरबासीलाइ सम्बोधगर्दै भने यो चाबि सिर्फ कोल्ड स्टोर खोल्ने र बन्द गर्ने मात्रै होइन, यसले दुहबी नगरभित्र बसोबास गर्ने कृषक, ब्यापारी र सर्वसाधरण उपभोक्ता बिचको दुरिलाइ समेत नजिक बनाउने र उत्पादित कृषिजन्य बस्तुको बजारिकरण , खपत र उपभोक्ता ले पाउने सरल मुल्य समेत ले पारदर्सि र सहजता पाउन सक्ने हुदा समदुरिको चाबि खोलेर भबिस्य निर्माणको बाटो खोलिदिने बिश्वास लिएर चाबि हस्तान्तरण गरेको छु ।

नगर प्रमुख गच्छादारले दुहबी बजार क्षेत्रमा बनेका अबैद्य संरचना हटाउने मात्रै होइन उक्त ठाउलाइ आधुनिक सहरमा रुपान्तरण गर्ने अठोट लिएर अगाडि बढ्दा केहि ब्यक्तिले अबरोध शृजना गरेका र उक्त अबरोध मुद्दा फिर्ता लिन आग्रह गर्दै यदि नलिए दुहबी दशौ बर्ष पिछडिने बताएका छन ।
दुहबीको स्वास्थ्य क्षेत्रमा वडागत स्वास्थ्य चौकि देखि नगर अस्पताल सम्म बनेका, शिक्षा क्षेत्रमा माबि , प्राबिधिक शिक्षालय हुदै अब तत्कालै क्याम्पस सम्म बन्ने कार्य अगाडि बढेको, स्वरोजगार क्षेत्रमा सिपमुलक ब्यावसायिक तालिम र पेशा ब्यावसाय नै सन्चालन गरेको, सडक, खानेपानी, भौतिक योजनाका संरचना लगायत्का कार्यहरु गतिशिल रुपमा अगाडि बडिरहेका बताउदै उनले भनेका छन मेयर आवास योजनामार्फत ८० सुकुम्बासी परिवार लाभान्वेत बनि सकेपनि अझै बाकि रहेको र समाधान गरिदै लैजाने बताएका छन ।
बिकाश एकरातमा कायापलट हुने नभै निरन्तर अभ्यास , दृढ सपना र इच्छासक्ति को खाचो रहने हुदा आफ्नो कार्यकाल भित्र सबैले महसुस हुनेगरि नमुना दुहबी निर्माण गरेर छाड्ने र यसकालागी नगरबासीले साथ दिनु पर्ने बताए ।

दुहबी ४ मा निर्माण सम्पन्न कोल्ड स्टोर, हाटबजार, रंगशाला, फोहोर प्रशोधन केन्द्रले दुहबीको शिर उच्च राखेको उनले बताए । कार्यक्रममा दुहबी नगर उपप्रमुख मेनुका खतिवडा,प्रमुख प्रशासकिय अधिकृत राज कुमार केसि वडा नम्बर १ देखि १२ का वडा अध्यक्ष हरु , कर्मचारी स्थानिय नगरबासिको ब्यापक सहभागितामा कार्यक्रम सफल भएको थियो ।





