दुहबी / सुनसरीको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔष ब्राउनसुगर र ट्याव्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
धरान उप-महानगरपालिका-१६ मा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २२ बर्षीय शेर बहादुर सुनुवारलाई ३ हजार ८ सय ट्याब्लेट Spaspain, ३ हजार ९ सय क्याप्सुल Tramadol, १ बुलेट ब्राउनसुगर, नगद नेपाली रुपैयाँ २१ हजार ५ सय र भारतिय रुपैयाँ २ हजार ४ सय १० सहित पक्राउ गरेको हो ।
यसैगरी सोही टोलीले शनिवार दिउँसो धरान-१ पुरानो बजारबाट स्थानीय ३३ बर्षीय सुसन श्रेष्ठलाई लागुऔषध Spaspain – ३०० ट्याबलेट र Tramadol- ५०० क्याप्सुल सहित पक्राउ गरेको हो ।
यसैगरी लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका-३ बाट स्थानीय २८ बर्षीय मनिष खुलाल र दुहबी-५ का २९ बर्षीय श्याम कुमार साहलाइ २० ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।





