दुहबी / ६८ औं प्रहरी दिवश, २०८० को अवसरमा सुनसरीको दुहबीमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय दुहबीको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, , बिभिन्न गैह्र सरकारी सघं संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, यातायात मजदुर , तथा स्थानिय बुद्धिजिवी, भद्र भलादमी लगायतको उपस्थितिमा दुहबी बजारको ढकाल चौक देखि डांगा चौक सम्म विभिन्न ट्राफिक सम्बन्धि जनचेतनामुलक व्यानर तथा प्ले-कार्ड सहित सुरु भई बजार परिक्रमा पश्चात समापन भएका थिए ।

सो प्रभातफेरी कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल , दुहबी ट्राफिक प्रमुख जोगेन्द्र प्रधान , दुहबी ५ का वडा अध्यक्ष रमेश रौनियार लगायतको उपस्थिती रहेका थिए ।





