दुहबी / सुनसरीको दुहबीमा शान्ति सुरक्षालाई बिशेश प्राथमिकता दिदैं दुर्गा काली मन्दिरको पुजा समिति गठन भएको छ ।
स्थानीय चंदन मंडलको अध्यक्षतामा १५ सदस्य पुजा समिति गठन भएको हो । दुहबी वडा नम्बर ६ स्थित दुर्गा काली मन्दिरमा आज भएको पत्रकार सम्मेलनमा पुजा समितिका अध्यक्ष मंडलले शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर २५ जना स्वंमसेवकको टोलि तयार गरेको जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम हलुवाईले यो पटकको पुजामा मन्दिरमा आउने भक्तजनहरुकालागी पक्की सडक बाटोकोलागि उच्च स्तरको वेस तयार गरेको जानकारी दिदैं यसै वर्ष कालोपत्रे हुने जनाए ।
शान्तिसुरक्षाको सम्पुर्ण तयारीमा सिसिटिभी क्यामेरा र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताउदैं शान्तिसुरक्षामा चुक हुन नदिन सुरक्षाकर्मि लगायतका साथीहरूसँग आफै पनि अहोरात्र खट्ने समेत वडाअध्यक्ष हलुवाईले बताए ।

दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्तकिम रैनले पुजा समितिको महत्वको बारेमा चर्चा गर्दै पुजा तथा मेलामा गलत मानसिकताका व्यक्तिहरुलाइ परास्त गर्न सवै मिलेर एक भएर सक्रियताकासाथ लाग्न जोड दिएका छन् ।
पुजा समितिका सचिब मनिस कुमार रौनियारले घटस्थापना देखि १० दिन दैनिकरूपमा प्रसाद वितरण गर्ने पुजाको सातौ दिन फुलपातिमा र्याली सहित बजार परिक्रमा गरेर बेलुका जागरण किर्तन मंडली राखिने बताए ।

मन्दिर परिसरमा २० वटा स्टल राखिने पुजा व्यवस्थापनकालागी ६ लाख ५१ हजार आय व्यय रहेको उनले जानकारी दिए । व्यक्तिगत मनोकामना पूरा हुने जनबिश्वास र आस्थाको धार्मिक महत्व राखेको दुर्गा काली मन्दिरमा हुने १० दिने पुजा र अन्तिम दिनको मेलामा हरेक वर्ष दुहबी नगरपालिका र आसपासको पालिकाबाट हजारौंको संख्यामा भक्तजनहरु आउने गरेको छ ।





