दुहबी / सुनसरीको दुहबी नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न सूचना प्रकाशित गरेको छ। सार्वजनिक तथा ऐलानी जग्गामा निर्माण भएका संरचना हटाउन आग्रह गर्दै असोज २६ गते नगरपालिकाले १५ दिने सूचना प्रकाशन गरेको हो ।
३ स्थानमा रहेका २ विगाह जग्गाको लागि सूचना प्रकाशित गरिएको छ। व्यक्ती वा संस्थाले अवैध संरचना निर्माण गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाको आवश्यक पूर्वाधार निर्माण गर्न उक्त प्लटहरू खाली गर्नुपर्ने भएकाले असोज २४ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सूचना प्रकाशित गरिएको बताइएको छ।
१५ दिन भित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम नगरपालिका आफैले घर टहरा हटाएर जग्गा खाली गर्ने भएको छ। घर टहरा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ती वा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ।
सो भन्दा अगाडी २ स्थानमा दुहबी नगरपालिकाले आफ्नो जग्गा खाली गरेता पनि हाल अन्तिम प्ल्ट खाली गर्न लागेको दुहबी नगरपालिकाले जनाएको छ ।