दुहबी / सुनसरीको दुहवी नगरपालिका वडा नं.८ स्थितमा
बातावरण संरक्षण तथा दक्ष जन शक्ति बिकास केन्द्र को आयोजना तथा दुहवी नगरपालिका वडा नम्बर ८ को सहयोगमा एक दिने शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम्म धुमधामका साथ मनाएका छन ।

कार्यक्रमकि प्रमुख अथिति तथा संघीय सांसद कल्पना चौधरीले
शुभकामन मन्तव्य दिदै, नेपालका महिला दिदिबहिनहरु घरकै काममा बढी व्यस्त रहेको हुदाँ अझ पनि आफनो अधिकार समेत लिन महिलाहरु पछि परेको बताई ।
कार्यक्रमका विशिष्ट अथिती तथा दुहबी नगर पालिकाकि उप प्रमुख मेनुका पोखरले समाजमा एकता स्थापित गर्नको लागी हामीहरु एक अर्काका भाषा ,कला र संस्कृतिलाई आत्मसाथ गरदै लैजानु पर्नै बताई र आउने दिनमा नगर भित्रका सवै महिलाहरुलाई एकै ठाउामा सहभागी गराई कार्यक्रम गर्ने समेत बताईन ।
उनका अनुसार दुहवी नगरपालिकाले महिलाहरुको लागी धेरै आवशरहरु प्रदान गरेको स्मरण गराउदै अगामी दिनमा नगरपालिकाले महिलाहरु लाई थप साथ सहयोगर्ने बताईन ।
सो कार्यक्रमकि सभा अध्यक्ष लक्ष्मी ठाकुरले सम्पुर्ण सहयोगी हातहरुलाई ध्यनवाद दिदै समाजमारहेका महिलाहरु कुनै ठाउँमा जानु पर्ने भएमा डराउने लजाउने जस्ता समस्याले महिलाहरु अगाडि बढन नसकेको बताई । अबको दिमा महिलाहरुलाई संस्थाकै माध्यम बाट अग्रसर गराएर अगाडि ढाउनु पर्ने बताई ।
महिलाहरुले जितिया पर्व सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागी चौधरी जानकरी गराई ।
व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलान रहेको ठाकुरले बताईन् ।
सो कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद कल्पना चौधरी
बिशिष्ट अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका पोखरेल
खतिवडा , बिभिन्न संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधि लगायतको उप स्थितिमा जितिया पर्वको अबसरमा
शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको बातावरण संरक्षण तथा दक्ष जन शक्ति बिकास केन्द्रकि अध्यक्ष लक्ष्मी ठाकुरले जानकारी दिएका छिन ।





