दुहबी / मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट भोक्राहा नर्सिंङ गाउँपालिका-६ का २४ बर्षीय नजाम आलम र बराहक्षेत्र नगरपालिका-११ का ओसिम अन्सारीलाई ५६ ग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार साँझ पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-९ का २६ बर्षीय रविन धिमाललाई ५ सय मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।
उता प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-९ का ५० बर्षीय मित्र बहादुर राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
मोरङ सुनवर्षी नगरपालिकाको सिक्टी चोक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइकइलाई इलाका प्रहरी कार्यालय रंगेली मातहत प्रहरी कार्यालह सिक्टीबाट गस्तीमा खटिएको टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.को लेगार्डमा बोरामा राखी ल्याउदै ट्रामाडोल(Tramadol capsul Ip 50 mg) ७२८० ( सात हजार दुई सय असी) ट्याबलेट फेलापारी मो.सा. चालक ऐ.सुनवर्षी न.पा. ९ बस्ने वर्ष ५० को मित्र बहादुर राईलाई औषधी व्यवस्था विभाग बिराटनगर पठाईएको छ ।





