दुहबी / बिराटनगरको हाम्रो अस्पतालमा दैनिक सैयौ भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ ।
एक सेवा ग्राहीका अनुसार स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउए ।
उनका अनुसार अस्पतालमा सेवा लिन लगातार २ दिनसम्म धाउँदा बल्ल स्वास्थ परिक्षण रिपोर्ट आउदा डा. आसु श्रेष्ठ र सुरेखा अधिकारी संग भेटन पुग्दा रिपोर्ट हेर्ने कांहो का सेवा ग्राहिलाई बाहिर गुनासो किन पोखेको भन्दै गुनासो पोख्ने मान्छे हाम्रो अस्पताल नआउनु भन्दै धम्काएको आरोप लगाएका हुन ।
उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र अस्पताको व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताए ।
सो अस्पतालमा गर्भवती र वृद्ध घण्टौ लाईनमा उभेर सेवा लिन परेकोले थप सास्ती भोगनु परेको सेवा ग्राहीहरुले बताए
अस्पतालको मनोमानी तथा लापरबाहीले बिरामीको चाप अनुसार जनसक्ति र उप करण कम हुदा थप समस्या भोगनु परेको सेवा ग्राहीहरु बताउछन ।
सो बिसयमा अस्पताल प्रशासन कृष्ण काफले संग बुझदा थप कुरा बुझेर बताउने प्रतिकृया दिएका छन।