दुहबी / सुनसरीको दुहबी वडा नम्बर १० का वडाअध्यक्ष तुलाराम माझिले विकास निर्माणको काम गर्ने क्रममा फराकिलो सडक विस्तार गर्दा सडक छेउमा रहेको घर भत्किदा केही व्यक्तिहरुले रिसिबी गर्दै राजनीतिक प्रतीसोध साधन आफु माथी कुटपिट गरी सामाजिक संजाल मार्फत आफ्नो चरीत्र हत्या गरेको भन्दै प्रेस बिज्ञप्ति जारी गरेका छन ।
वडाअध्यक्ष माझीले मंगलबार वडा कार्यालयमा पत्रकार समेलन मार्फत एक बिज्ञप्ति जारी गर्दै राजनीतिक प्रतीसोध साध्न केही दिन अगाडी षडयन्त्र तरीकाले ५-७ जना व्यक्तिले आज वडाअध्यक्ष एक्लै छ यसलाई आज ठिक पार्नुपर्छ भन्दै साङघातिक हमला गरेपछि ज्यान जोगाउन पोखरीको छेउमा लुक्नु परेको बताउँदै सामाजिक संजाल मार्फत भ्रामक समाचार प्रशारण गरेको झुट्टा आरोपले आफ्नो चरित्र हत्या भएको बताए ।
यस्ता भ्रामक कल्पोकल्पित झुट्टा समाचार प्रती खेद प्रकट गर्दै सामाजिक संजाल बाट प्रशारण भएको प्रती बिश्वास नगर्न सबै
आग्रह गरेका छन ।
आफुलाइ कुटपिट गर्ने व्यक्तिहरु माथी किटानी सहितको उजुरी प्रहरीमा दिएको बताउदै वडाअध्यक्ष माझिले कानुनी कारवाहिको दायरामा ल्याउन समेत माँग गरेका छन ।
एसियालि बिकास बैंकले बाटो घाटो तथा बिकास निर्माण कार्य गर्न दुहबी नगरपालिका लाई ५ अरब सहयोग दिदा सोको पहिलो निर्माणकार्य दुहबी १० बाट बाटोमा परेका घर टहरा हटाउन सुरु गरेका थिए ।





