दुहबी / सुनसरीको दुहबी १२ गेलाबारी स्थितमा प्रहरी चौकि शुक्रवारेबाट प्र.स.नि. दिपेश घिमिरेको कमाण्डमा गस्तीमा खटी गएको प्रहरी टोलीले भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ नम्बर नखुलेको मोटरसाईकलमा तस्करी गरेर बोरा बोकी ल्याउदै गरेको अवस्थामा गस्तीमा खटीएको प्रहरी टोलीलाई देखि बोरा फालि मोटरसाईल लिई चालक फरार भएकोमा बोरा खोलि हेर्दा मुल्य रू.१ लाख ८० हजार बराबरको १२० पिस कुर्ता सुरुवाल रहेको हुँदा उक्त लत्ता कपडा बरामद गरी आजै आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ ।





