• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी प्रहरीकै हतियार लुट्ने समूह पक्राउ

काेचिला खबर by काेचिला खबर
09/10/2023
in स्थानीय
83
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना मोरङमा पक्राउ परेका छन् । मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा-५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका- ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् । अर्का एक जना बालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर २२ भदौमा बुढीगंगा-४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।

ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।

अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।

पछिल्लो समय भने उनी नयाँ समूह बनाएर रातको समयमा मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाटमा संलग्न थिए । प्रहरीका अनुसार यो समूह राति ११ बजेदेखि विहान ३ बजेसम्म लुटपाट र चोरीमा सक्रिय भएको देखिन्छ ।

भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो । त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो

‘सेरा ब्राभो हन्ट अप्रेशन’

सुनसरीको धरान-इटहरी सडक खण्डको सेउती पुलमा गत साउन ५ गते विराटनगरका रोहित चौधरीको गोली हानी हत्या भयो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपी खोज्ने क्रममा मोरङ र सुनसरीको उत्तरी क्षेत्रमा लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिएको थियो ।

गत साउन १९ गते गिरोहका सदस्यहरु पक्राउ परेपनि लुटपाटको उजुरी भने रोकिएन । उत्तरी क्षेत्रबाट लुटपाटको उजुरी नआए पनि पूर्वपश्चिम राजमार्गबाट दक्षिणी ग्रामीण क्षेत्रबाट लुटपाट भएको उजुरी आइरह्यो । यसरी आउने उजुरीहरु मिल्दोजुल्दो थियो । दुवै क्षेत्रको घटनाको प्याटर्न उस्तै भएपनि कनेक्सन खुलिनसकेको डीएसपी दाहालले बताए ।

सुनसरी र मोरङका सडकमा लुटपाटको उजुरी आएपछि प्रहरीले ‘सेरा ब्राभो हन्ट’ अपरेसन चलायो । सोही अपरेसनका क्रममा प्रहरीले २२ भदौको राति गिरोहका सदस्यलाई पक्राउ गरेको थियो । यो समूहले रातको समयमा बाटो छेकेर हतियार देखाएर लुटपाट गर्दै आएको थियो । प्रतिकार गरेको अवस्थामा कुटपिट पनि गर्ने गरेको थियो ।

भदौ २२ गते राति साढे ११ बजे बुढीगंगा गाउँपालिका-५ बाट कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका ३ जना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको गुनासो आएपछि प्रहरी टोली घटनास्थल तर्फ गएको थियो।

सो क्रममा राति करिब १२ बजे कोयलपुर क्षेत्रको नहरमा बसेको समूहलाई पक्राउ गरेको थियो । सोही दिन दुई जना सादा पोशाकका प्रहरीमाथि कुटपिट गरी हतियार खोसेर लगेका थिए ।

आरोपी पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सो समूहको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट लुटेको चाइनिज पेस्तोल पनि बरामद गरेको थियो ।

दुई वटा पेस्तोल, तीन वटा रड, चक्कु, पेचकस, दुई वटा मोटरसाइकल, एक लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय नगद र लुटेको १६ वटा फोन बरामद गरेको थियो ।

पक्राउ परेकाहरुमाथि डाका मुद्दा र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist