अर्जुन खडका
दुहबी / स्याउको राजा भनेर चिनिने जुम्ला जिल्ला बाट आयात गरिएको नेपाल कै उत्कृष्ट स्याउ, आकर्षक रंग अनि दाना भएको, एकदमै रसीलो , झरिलो र स्वादीलो प्रजातीको नेपाली भुमिमा उत्पादित, नेपाली हावापानी र माटोको स्पर्श आउने , हाम्रो स्वास्थ्यमा चाहिने सबै प्रकारको तत्व भएको अर्गानीक जुम्ली स्याउ अब दुहबीमा सरल र सस्तो मुल्यमा उपलब्ध हुन थालेका छन ।
हाल बजारमा छापछापती पाइने स्वाद र रस बेगरका गुणस्तर्हिन स्याउ महङो मुल्यमा किनेर खानु पर्ने उपभोक्ताहरुको बाध्यता लाइ अब सरल मुल्यमै पाउने जुम्ली अर्गानीक स्याउले टारिदिएको छ।
आज दुहबी नगर प्रमुख बेद गच्छादार , ब्यावस्थापन समितिका अध्यक्ष राजन बस्नेत सहितको टिमले दुहबी ४ मा संचालीत कोल्ड स्टोर मा भन्डारण गरिएको जुम्ली स्याउको अनुगमन गरेका छन । पहिलो चरणमा करिब १२ टन भन्डारण गरिएको स्याउको होलसेल बिकृमुल्य रु १५० रहेको स्याउ आयातकर्ता नितेश कार्की बताउछन । अनुगमन मा सहभागीहरुले बिषादीरहित अर्गानिक जुम्ली स्याउ खरिद गरेर लगेका छन ।
कोल्ड स्टोर संचालनमा आएपछि मौशमी तथा बेमौशमी तरकारी र फलफुलहरु सरल मुल्यमा सुलभ तरिकाले दुहबीमै सहजै पाउने हुदा स्थानिय उपभोक्ताहरुलाइ फाइदा पुग्ने मेयर गच्छादार बताउछन्।
बिसुद्द अर्गानिक र बिषादी रहित फलफुल तथा तरकारीहरु सिधै कोल्ड स्टोर बाट झिकेर बिकृ गर्दा ब्यावसायिहरुलाइ समेत खर्च बचत हुने र उपभोक्ता हरुको पनि अर्गानिक फलफुल खान पाउदा स्वास्थ्यमा प्रतिकुलता नदेखिने र बढी मुल्य तिर्न नपर्ने हुदा सबै पक्ष लाइ सहज फाइदा पुग्ने मेयर गच्छादारको बिश्वास छ।





