• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इटहरीको मुख्य राजमार्गमा ‘भोलि बाट सिटी सफारी’ चल्न रोक

काेचिला खबर by काेचिला खबर
09/02/2023
in स्थानीय
92
SHARES
418
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको इटहरी उपमहानगरपालिकाले आइतबार (भदौ १७ गते) देखि लागू हुने गरी मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाउने निर्णय गरेको हो।

इटहरीमा अत्यधिक सिटी सफारीले दुर्घटना निम्त्याएको ठहर गर्दै मुख्य राजमार्गमा सञ्चालन गर्न नदिने निर्णय भएको इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले बताए। ‘अबदेखि सिटी सफारी मुख्य राजमार्गमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न पाउने छैनन्,’ पौडेलले भने।

यसअघि पहिलो पटक ट्राफिक प्रहरीको अगुवाइमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो। तर, सिटी सफारी चालकहरू आन्दोलनमा उत्रिएको थियो।

यात्रुलाई गन्तव्य स्थानसम्म पुर्‍याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढङ्गले सिटी सफारी सञ्चालनमा आएका थिए। त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो।

यस पटक भने फेरि पुरानै नियति दोहोरिन नदिनका लागि इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबिच सहमति गरेर निर्णय कडाई गरेर कार्यान्वयन गरिने भएको छ।

शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारी साधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय कोशी प्रदेशका डिएसपी मोहन विक्रम दाहालले बताए।

उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्ने भएको छ। अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ। साथै, इटहरीमा अन्य क्षेत्रका सफारी यात्रु पर्खेर बस्न पाउने छैनन्।

सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन्। पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन्। कोशी प्रदेशमा २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ।

इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने ठानिएको छ। साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ् पनि गरिने भएको छ। यसो गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने डिएसपी दाहालले बताए।

अबदेखि इटहरी उपमहानगर भित्र दर्ता भएको सफारी मात्र उपमहानगरपालिकामा भित्र चलाउन दिने निर्णय भएको छ। इटहरी भित्र झन्डै पाँच हजार सफारी सञ्चालनमा रहेको भए पनि इटहरीमा भने एक हजार एक सय सफारी मात्र दर्ता भएका छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist