जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ ले सहकर्मीको धान गोडेर तीन महिने पार्टी सुदृढीकरण अभियान उद्घाटन गरेका हुन ।
अभियानमा सहभागी हुन पुगेका माओवादी नेता, कार्यकर्ता तथा समर्थक सुवेक्षुकहरुले तत्कालीन गाउँपार्टीका अध्यक्ष डिल्ली आचार्यको खेतको धान गोडेका हुन् ।
आचार्य मोटरसाइकल दुर्घटनामा परेर लामो समयदेखि शारीरिक रुपमा अशक्त हुनुभएको छ ।
उनको खेतको धान गोडेर वडामा पार्टी अभियान सञ्चालन गरेको स्थानीय युवानेता नबिन प्रसाद भट्टराईले जानकारी दिएका छन ।
जनतासँग एकाकार भएर अगाडि बढ्ने उद्घोष गर्दै जनसम्बन्ध सुदृढ गर्ने र जनसेवाको काममा क्रियाशील हुने उद्देश्यले आयोजना गरेको अभियानको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिता परियारले र बुढिगङ्गा-६ का वडा बिशेष इन्चार्जका रुपमा ने.क.पा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य योगेश भण्डारीले गरेका हुन ।
नेता योगेश भण्डारीले माओवादीहरु जनताको बीचमा गएर श्रम संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन ।
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि ३ महिना अभियान सुरु गरेको हो । यस अगाडि दुई हप्तासम्म माओवादीले प्रत्येक वडा तहमा तयारी बैठक आयोजना गरेको थियो ।