दुहबी / सुनसरीको दुहबी ४ स्थित रहेको महेन्द्र मेमोरियल एकेडेमी द्वारा बिज्ञान प्रदर्शनीको आयोजना गरिएको छ ।
महेन्द्र मेमोरियल एकेडेमीका प्रिन्सिपल निश्चलराज शाक्यले विद्यार्थीहरु भित्र अन्तरनिहित प्रतिभा र क्षमतालाई बाहिर ल्याएर उजागर गर्ने उद्देश्यले प्रयोगात्मक शिक्षा दिएर बिज्ञान प्रदर्शनीको आयोजना गरिएको बताए ।
प्रदर्शनीमा एकेडेमीका २ कक्षा देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न किसिमका रोबर्ट,रकेट, सिटीको नमूना, सेन्सर सेक्युरिटी, रिमोट कन्ट्रोल कार, सेन्सर डष्टबिन, वाटर पम्प, जल वायु परिवर्तनले पारिरहेका असर, पृथ्वीको ईकोसिष्टम,हाईड्रोलोजिक उपकरणहरु, डोजर सेन्सर लाइट लगायतका बिषयमा प्रदर्शनी गरेका थिए । उनीहरुले आफूले प्रदर्शनीमा राखेका विषयका बारेमा अवलोकनकर्ताहरुलाई व्याख्या समेत गरेका थिए ।
दुहबी नगरपलिका शिक्षा शाखा प्रमुख निलमणि खनालले उक्त बिज्ञान प्रदर्शनीको समापन गरी
विद्यार्थीहरुले सिकेको कला उत्कृष्ट रहेको जिकिर गर्दै यस्तो प्रयोगात्मक शिक्षा सवै विद्यालयमा आवश्यक रहेको बताए । बुधबार भएको बिज्ञान प्रदर्शनीमा विद्यालयका
अभिभावक, बिभिन्न विद्यालयका शिक्षक,सञ्चारकर्मी,विद्यार्थीहरुलगायतले बिज्ञान प्रदर्शनीको अवलोकन गरेका थिए ।
विद्यालयको बार्षिक पात्रो अनुसारको कार्यक्रम अनुसार हरेक महिना यस एकेडमीमा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुला बिज्ञान र बैज्ञानिक जगत संग परिचित हुन बिज्ञान प्रोजेक्ट दिइने गरेको महिनाको दोस्रो हप्ता बिज्ञान संग सम्बन्धित क्रियाकलाप गरिने महेन्द्र मेमोरियल एकेडमीका सह-प्रिन्सिपल रमेशबाबू थापाले बताए ।
आजको प्रतियोगितामा ३ चरणका विद्यार्थीहरु प्राथमिक, नि.मा.बि. र माबी तहबाट कक्षा २ देखि ५ कक्षा ६ देखि ८ र कक्षा ८ देखि १० सम्मका ९ जना प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाइ क्रमशः नगद ५ हजार ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो । महेन्द्र मेमोरियल एकेडमीमा यही असोज ५ गते दुहबीको अन्तर विद्यालय स्तरीय रोब्टिक्स प्रतियोगिता हुने समेत जनाइएको
छ ।





