दुहबी / सुनसरीको दुहबी २ तुताहा स्थित दुहबी ईनरुवा सडक छेउमा एक युवा मृत फेलापरेको दुहबी प्रहरीले जनाएको छ ।
मृतक युवा दुहबी १ प्रास्टोकी घर भएको अन्दाजी ३५ वर्षीय अमजत मिया आज बिहान करिब ८ .३० बजे मृतावस्थामा फेला परेका हुन ।
मियाको मृत्यु के कसरी र किन भएको बारे अनुसंधान भईरहेको दुहबी प्रहरीले बताएका छन ।





