दुहबी / पछिल्ला समय सामाजिक संघ संस्थामासमेत दलीय राजनीति हावी हुने गरेको छ । वन, सहकारी, खानेपानी, पुस्तकालयजस्ता सामाजिक संस्थामा राजनीतिक दलले प्यानल बनाएर चुनाव लड्ने र अत्यधिक मात्रामा खर्च गर्ने प्रवृत्ति मौलाउँदै छन ।
यसै गरी सुनसरीको दुहबीमा शनिबार सम्पन्न दुहबी खानेपानी मुल उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदमा दुहबी ५ घर भएका माओवादी नेता जिबन थापा बिजय भएका छन्
समितिको उपाध्यक्षमा दुहबी ३ का खेम नारायण चौधरी बिजय भए । यसैगरी सचिव पदमा दुहबी ४ घर भएका ऐमाले युवा संघका नेता राकेश डाँगी बिजय भए । कोषाध्यक्षमा दुहबी ५ का सन्तोष कुमार रौनियार बिजय भए
सदस्यहरुमा इस्राफिल मियाँ, सुरज दाहाल, बिमल कुमार पोद्दार, गिरधारी प्रसाद साह, बबिता चौधरी,अस्मिना खातुन र कल्पना श्रेष्ठ बिजय भएका छन् ।
शनिबार दुहबी खानेपानी मुल उपभोक्त समितिको नयाँ नेतृत्व चयन गर्न निर्वाचन भएको हो । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्ष एमाले प्यानल जस्तै बनाएर चुनावी मैदानमा होमिएका देखिन्थे ।
केन्द्रीय राजनीतिमा बनेको समिकरण झै खानेपानीको नेतृत्व चयनको लागि भएको निर्वाचनमा प्रतिपक्ष एमालेलाई हराउँन सत्ता गठबन्धनको प्यानल विजयी गराउन निकै कसरत गरेका थिए ।
नेपाली काङ्ग्रेसको प्यानलमा अध्यक्ष पदमा माओवादीका नेता जिवन थापा लगायत रहेका थिए ।
उता एमालेले अध्यक्ष पदको उमेदवार नदिएर आन्तरिक रुपमा थापा लाईनै सघाएको स्रोतको दाबी रहेको छ ।
बाहिरिक रुपमा प्यानल नभए पनि आन्तरिक रुपमा एमालेले
सचिप र कोषा अध्यक्ष लगायत पदमा छुट्टै प्यानल बनाई मतदाताहरु संग भोट मागेको स्रोत बताउछन ।
यी उदाहरणबाट पुष्टि हुन्छ खानेपानी, विद्यालय व्यवस्थापन समिति, कुलोपानी लगायतका संस्थाका चुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाउने र मिनि चुनावको भल्को दिने गरी गठबन्धन बनाएर चुनाव लड्ने गरेका छन् ।
यस्ता सामाजिक संस्थामा कुनै दलबाट चुनिएका भन्दा पनि अनुभव र सक्षमताका नेतृत्व आए मात्रै संस्थाको मर्म पुरा हुने जानकार हरु बताउँछन् । ‘राजनीतिक दलबाट चुनिएको व्यक्तिले पद ओगट्ने भए संस्थाको विकास कसरी हुन्छ ?’ जानकारहरु प्रश्न गर्छन् ।
दलीय निर्वाचनको अभ्यासले सक्षम व्यक्तिले भन्दा पनि राजनीतिक दलको आड पाउने व्यक्तिले नेतृत्व पाउने र सामाजिक संस्थाको भूमिका समेत कमजोर हुँदै जाने बुझाइ रहेको छ ।
योग्य र सक्षम व्यक्ति भन्दा पनि दल विषेश व्यक्तिले नेतृत्व पाउँदा यस्ता संघसंस्थाको उद्देश्य पुरा नहुने जानकारहरु बताउँछन् । ‘सामाजिक संघसंस्था सामाजिक सेवा गर्ने उद्देश्य बनेका संस्था हुन्’ ‘यसमा दलीय प्रभाव पर्न दिनुहुँदैन ।’