सुनसरीको दुहबी ४ स्थित स्थित महेन्द्र मेमोरियल एकेडेमीलाई ‘‘एक्जिटो इन्टरनेशनल बेस्ट स्कुल अवार्ड २०२३‘’ बाट सम्मानित हुने गरिने भएको छ ।
सिंगापुरमा जुलाई १७ तारिकमा हुने अवार्ड समारोहमा सहभागिता जनाउन आयोजकले विद्यालयलाई निमन्त्रणा पठाएका छन् ।
‘आयोजकले निमन्त्रणा पत्रमा भनेका छन्– ‘तपाईका शिक्षकहरुले गरेको असाधारण कामबाट पुरस्कार समिति पूर्ण रुपमा प्रभावित भएको थियो । तपाईका विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने कुरा सुनिश्चित गर्न उनीहरुले गरेका अथक प्रयासहरु जसले विद्यार्थीहरुलाई सफलताको लागि तयार गर्दछ ।’
अवार्डका लागि कोशी प्रदेशको सुनसरी जिल्लाबाट महेन्द्र ममोरियल एकेडेमी छनोट भएको विद्यालयका प्रिन्सिपल निश्चलराज शाक्यले बताए ।
एकेडेमीले बेस्ट स्कुल अवार्ड २०२३ बाट सम्मान गर्न लागेको प्रिन्सिपल शाक्यले बताए ।
कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सिपल शाक्यले बुधबार सिंगापुर जाने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ ।
२०३८ सालमा स्थापना भएको एकेडेमीमा कक्षा प्ले ग्रुपदेखि १२ सम्मको अध्यापन हुने गरेको
विद्यालयले व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ । पढाईसँगै अन्य क्रियाकलापमा सहभागी गराउर्दै विद्यार्थीहरुको प्रतिभा विकासमा विद्यालयले प्राथमिकता दिर्दै आएको छ ।