दुहबी / सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ स्थित रहेको हनुमान मन्दिरको खाली जग्गामा हिन्दु स्वयं सेवकको केशव छात्रावास भवन शिल्यान्यास हुँन नदिने भन्दै मन्दिरका मुख्य पुजारी कन्हैया दासले बिरोध जनाएका छन ।
हनुमान मन्दिरका मुख्य पुजारी कन्हैया दासको नेतृत्वमा केही स्थानिय लगायतले आज याली प्रदर्शन गर्दै सय वर्ष बढि पुरानो हनुमान मन्दिरले जोतभोग गरिरहेको जग्गा रक्षाका लागी ब्यानर लिएर कालो पट्टी बाँधि विरोध प्रर्दशन गरेका थिए
सय वर्ष भन्दा पुरानो ऐतिहासिक हनुमान मन्दिरले जोतभोग गरिरहेको ८ कट्ठा ४ धुर खेतियोग्य जग्गामा हिन्दु स्वयं सेवकको केशब छात्रा बासको भवन निर्माण गर्न लागेको भन्दै बिवाद उत्पन भएको बुझिन्छ ।
उता सो बिषयमा दुहबी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश रौनियार संग बुझ्दा हनुमान मन्दिरले भोग चलन गर्दै आएको २ बिगाहा जग्गा तत्कालिन श्री ५ सरकार मन्त्रि परिसदको नाममा रहेकोले सो जग्गा सोत्त नेपाल सरकार तथा स्थानीय सरकारको माथतमा भएको हुनाले कोहि ब्यक्ति वा संस्थाले बिरोध गर्नु उचित नभएको बताए ।
गत वैखाख २६ गते दुहवी नगरपालिकाले साविक दुहवी गा.वि.स. को स्वामित्वमा रहेको ६ ’ख’ कि.नं. ३८ को जग्गामा बनेका संरचना हटाउने ३५ दिने सूचना जारी गरे पश्चात हिन्दू स्वयंसेवक संघ दुहवीको केशव छात्रावासको बिसयमा दुहवी नगरपालिका र हिन्दू स्वयंसेवक संघ दुहवी बिच सहमती भए अनुसार दुहवी नगरपालिका वडा नम्वर ५ स्थित हनुमान मन्दिरको पश्चिम पट्टी रहेको आठ कठ्ठा चार धुर जग्गा दुहवी नगर कार्यपालिकाको निर्णयबाट उपलब्ध गराईएको रु. २५ लाखमा भवन निर्माण गर्न सम्झौता भएको स्रोतको दाबी छ ।
सो हनुमान मन्दिरको जग्गा धनि श्रेस्ता अनुसार मन्दिरको संरचना , ऐलानि , प्रर्ति , पोखरी , प्रर्ति भन्ने विवरणमा उल्लेख रहेको छ ।





