दुहबी / दुहबी ५ स्थित रहेको रामजानकी हनुमान मन्दिर भत्काइएको कुरा कुप्रचार मात्र रहेको भन्दै तेस्ता कुप्रचार पछि नलागिदिनुहुन हिन्दू स्वयंसेवक संघ नेपाल दुहबी शाखाले शनिबार अपिल जारी गरेका छन ।
अपिल जस्ताको तेस्तै
अपिल
हिन्दू स्वयंसेवक संघ नेपाल दुहवी सुनसरी सम्पूर्ण सनातनी महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछ । संघले विगत ३१ वर्ष देखि हिन्दू हिन्दुत्व संस्कार र संस्कृतको प्रबर्द्धन, जगेर्णा र आफ्ना नानीहरुलाई हिन्दू संस्कार सिकाई चरित्रवान नागरिक तयार गर्न आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको सम्पूर्णमा विधितै छ ।
मिति २०८० साल वैखाख २६ गते दुहवी नगरपालिकाले साविक दुहवी गा.वि.स. को स्वामित्वमा रहेको ६ ‘ख’ कि.नं. ३८ को जग्गामा बनेका अवैध संरचना हटाउने ३५ दिने सूचना जारी गरे पश्चात हिन्दू स्वयंसेवक संघ दुहवीको केशव छात्रावासमा संघको जिल्ला भेलाले सोही कित्तामा रहेको संघको भवन तथा राम जानकी हनुमान मन्दिर संरक्षणका लागि दुहवी नगरपालिकालाई अनुरोध गर्ने निर्णय बमोजिम अनुरोध पत्र सहित ज्ञापन पत्र बुझाईएको र सोही मुताविक दुहवी नगरपालिका र हिन्दू स्वयंसेवक संघ दुहवी बिच दुहवी नगरपालिका वडा नं. ५ स्थित हनुमान मन्दिरको पश्चिम पट्टीको स्थानिय सरकारको मातहतमा रहेको आठ कठ्ठा चार धुर जग्गा दुहवी नगर कार्यपालिकाको निर्णयबाट उपलब्ध गराईएको र रु. २५ लाख भवन निर्माण गर्न मिति २०८० जेष्ठ २१ गते सम्झौता भईसकेको सम्पूर्ण महानुभावहरुमा अवगत गराउन चाहन्छौ ।
नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिए लगतै मिति २०८० असार १ गते उक्त कित्तामा बनेको अबैध घरटहरा एवम् संरचना हटाउने क्रममा हिन्दू स्वयंसेवक संघ दुहवीको परिसरमा डोजर नलगाउने निर्णय दुबै पक्षविच भएतापनि पूर्व पट्टीको सेड (छानो), देवाल ( पर्खाल भत्काइएकोमा दुःख व्यक्त गर्दछौं ।
दुहवी नगरपालिकाले उक्त कार्य नहुनु पर्ने र भुलवस भएकोमा दुःख व्यक्त गरेको छ । उक्त क्षति भएका संरचनाको क्षतीपूर्ति साथै मन्दिरलाई अहिलेको अवस्था भन्दा राम्रो तरिकाले बनाइदिने वचन व्यक्त भएको र रामजानकी हनुमान मन्दिरमा कुनै किसिमको क्षती नभएको, मन्दिर जस्ताको त्यस्तै रहेको पनि जानकारी गराउन चाहन्छौ ।
सम्पूर्ण हिन्दू अनुरागी महानुभावहरुमा घरटहरा भत्काउने क्रममा जे जस्ता क्रियाकलाप भए ती सम्पूर्ण क्रियाकलापले हाम्रो ध्यान आकर्षण भएको छ, मन्दिर भत्काइएको भन्ने कुप्रचार गरीएको हुँदा उक्त कुप्रचारको पछि नलागिदिनुहुन धैर्ता कायम गरिदिनुहुन र सहिष्णुता कायम राखी मानविय कार्यमा सरिक हुन हार्दिक अपिल गर्दछौ ।
जय श्री राम ।