इटहरी / संघीय सरकारले सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका स्थानीय तहहरुलाई उक्त रकम विनियोजन गरिएको हो ।
विनियोजित रकममध्ये चालुतर्फ ५ अर्ब २५ करोड ७१ लाख र पुँजीगततर्फ ७४ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ ।
सुनसरीका दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरले चालुतर्फ ७३ करोड ९७ लाख र पुँजीगततर्फ ३४ करोड ५२ लाख गरी १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पाएको छ ।
यस्तै धरान उपमहानगरले चालुतर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख गरी जम्मा ९० करोड २ लाख पाएको छ ।
यस्तै नगरपालिकाको कूल बजेट २ अर्ब २१ लाख र गाउँपालिकाको बजेट २ अर्ब १ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकातर्फ सबैभन्दा बढी बराहक्षेत्रमा ६३ करोड ८० करोड ७० लाख बजेट छ । जसको चालु खर्च ६० करोड १६ लाख र पुजीँगत खर्च ३ करोड ५४ लाख रहेको छ ।
इनरुवा नगरपालिकाले चालु तर्फ ४६ करोड ७५ लाख र पुँजीगततर्फ ३ करोड ९ लाख गरी जम्मा ४९ करोड ८४ लाख, दुहबी नगरपालिकाको चालु तर्फ ४० करोड ९१ लाख र पुँजीगत तर्फ २ करोड ६४ लाख गरी ४३ करोड ५५ लाख छ ।
यस्तै, रामधुनी नगरपालिकाले चालुतर्फ ३९ करोड ९ लाख र पुँजीगततर्फ ४ करोड ३ लाख गरी जम्मा ४३ करोड १२ लाख पाएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै पाउने हरिनगर गाउँपालिकाले चालुतर्फ ३६ करोड ६ लाख, पुँजीगततर्फ १ करोड ४६ लाख गरी जम्मा ३७ करोड ५२ लाख, कोशी गाउँपालिकाको चालुतर्फ ३२ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड २९ लाख गरी जम्मा ३६ करोड १८ लाख पाएको छ ।
यस्तै, देवागन्ज गाउँपालिकाले चालुतर्फ ३१ करोड ९० लाख पुँजीगततर्फ २ करोड ६९ लाख गरी ३४ करोड ५९ लाख, भोक्राहा नरसिँह गाउँपालिकाको चालुतर्फ २९ करोड ६ लाख पुँजीगततर्फ ३ करोड १५ लाख गरी ३२ करोड २१ लाख पाएको छ ।
बर्जु गाउँपालिकाले चालुतर्फ २९ करोड ५ लाख र पुँजीगततर्फ २ करोड ९ लाख र गढी गाउँपालिकाको चालु तर्फ २८ करोड ११ लाख पुँजीगततर्फ १ करोड ५१ लाख गरी जम्मा २९ करोड ६२ लाख रुपैयाँ पाएको छ ।