दुहबी नगरपालिकाले शुक्रबार दुहबीका २० जना अति बिपन्न कृषकहरुलाई ४० वटा बाख्रा वितरण गरेको छ । दुहबी वडा नम्बर १० चरैया गाउँका अति बिपन्न बर्गका २० जना बाख्रा पालक कृषकहरुलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले एक कार्यक्रमका बिच आज बाख्रा बितरण गर्नु भएको थियो ।
अति बिपन्न परिवारलाई खोर तथा बाख्रा वितरण कार्यक्रम अन्तर्गत २० जना बाख्रा पालक कृषकहरुलाइ उराँव बाख्रा पालन समुह गठन गराइ एक जनालाई २ वटा बाख्रा र बाख्राको खोर बनाउन सहयोग गरिएको दुहबी नगरपालिका पशु सेवा शाखाका अधिकृत प्रमोद झाले बताए ।







