दुहबी / सुनसरीको दुहबी ईनरुवा सडक मर्मतको नाममा बर्सेनी करोडौ खर्च हुदा समेत सो सडक ख्ण्ड जस्ताको तेस्तै जिर्ण अवस्तामा देखिन्छ ।
हाल यो बर्ष पनि सो ठाउँमा गुण्स्तर हिन तरिकाको टालटुल गरि दुहबी देखि ७ किलोमीटरमा ६० लाख बजेट अषारे विकासको नाममा सकिने दाउपेच रहेका छन ।
सो सडकमा पक्कि पिच लाई नउकाई पिच माथीनै अलकत्रा छिटेर ससाना टुक्रा साबुत गिट्टीहरु जथाभाबी छरेको देखिन्छ ।
छरिएको टुक्रा गिट्टीमा चिप्लिएर दैनिक जसो स्कुटी , मोटरसाइकल , साईकल लगायत दुर्घटना भएको पाईन्छ ।
हाल सो ठाउँमा छरेको टुक्रा गिटि समेत छर्पस्ट भई पिच सुरुकै अवस्थामा रहेको पाइएको छ ।
यता सोही बिषयमा साह कन्ट्कशनका प्रोप्राईटर जय प्रकाश साह संग बुझदा पिच नउकाई पिच माथीनै अलकत्रा छिटेर ससाना टुक्रा गिट्टीहरु माथि रोलर चलाई बसाउने काम ठेक्काको सम्झौता पेपरमा रहेको बताए ।





