दुहबी / सुनसरीको दुहबीमा थारु विद्यार्थी समाजको आयोजना तथा दुहबी नगरपालिकाको सहयोगमा १ महिने कम्प्युटर तथा युवाहरूको लागी व्यवसायिक योजना निर्माण तालीम सोमबार सम्पन्न भएको छ

सो समापन्न कार्यक्रमका प्रमुख अथिती तथा दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारले ।
दुहबी नगरपालीका भित्रका बेरोजगार तथा आर्थिक बिपन्न युवाहरु लघु उद्यम संग जोडेर स्वरोजगार साथै आर्थिक रुपमा स्वाभलम्बन र आत्मनिर्भर बन्न थालेको बताउदै
पालिका भित्रका हरेक समुदायमा रहेका बिपन्न, दलित, पिछडिएका बर्ग तथा बेरोजगार नागरिकको संरक्षण र संबर्धन गर्दै यस्ता नागरिकहरुको जिबिकालाइ सुनिस्चित गर्न बिगत ३ बर्षदेखि लघु उद्यममार्फत उद्यमि बनाउन पहल थालिएको छ ।
पालीकाले बिभिन्न सिपमुलक तालिम आयोजना गरी सहभागी युवाहरुलाइ दक्षता र इच्छाशक्तिको आधारमा स्वतस्फुर्त ब्यावसाय संचालन गर्न अभिप्रेरित गर्दै आएपछि अहिले धमाधम स्थानिय महिलाहरुले आफ्नै ब्यावसाय सुरु गर्न थालेकोमा पालिकाको सहयोगमा आयोजना भएको विभिन्न सिपमुलक तालिम प्रदान गरी हाल उद्यमि महिलाहरुले संचालन गरेको अचरा बुटिक , कृस्ट्लको माग काठमाडौको बजार सम्मको ब्यापारीले उत्पादन भएको सामानहरुको माग भईरहेकोमा मेयर गच्छ्दारले खुशी ब्यक्त गरे ।
कार्यक्रमको सभापती थारु विद्यार्थी संघ सुनसरीका अध्यक्ष राजेश कुमार माझी , विशिष्ट अथितीमा दुहबी नगर उप प्रमुख मेनुका पोखरेल खतिवडा अथितीहरुमा योजना शाखा प्रमुख प्रतुम दुलाल , दुखाराम खां , प्रभु नारायण चौधरी लगायतको उपस्थिती रहेका थिए ।
कार्यक्रमको प्रशिक्षकमा दिवस चौधरी , सरिता उराव रहेका थिए ।





