दुहबी / सुनसरीको ईटहरी उप-महानगरपालिका १ आपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका ३८ बर्षिय जमिल खानले मेलामा जेरी किनेर एक हजार रुपैयाँको नोट दिएकोमा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।
घटना बारे जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएका खानको साथबाट एक हजार को ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको र घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





