दुहबी / सुनसरी जिल्ला, दुहवी नगरपालिका वडा नं.-४ घर भई हाल जिल्ला भक्तपुर, सूर्यविनायक बस्ने बर्ष २० की किशोरीलाई जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-६ बस्ने बर्ष ३० को रिजवान अन्सारीले मिति २०७४ असार महिनादेखि मिति २०७९।११।१८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिई विभिन्न अश्लिल फोटोहरू खिचेको, विराटनगर र काठमाण्डौंका विभिन्न स्थानमा लगी उक्त फोटोहरू सार्वजनिक गर्ने डर देखाई जवरजस्तीकरणी गरेको अभियाेगमा पक्राउ गरिएकाे छ ।
निज रिजवान अन्सारीमाथि जवरजस्तीकरणीको अश्लिल भिडियो बनाएको, पीडितको फोटो राखी फेक प्रोफाईल बनाई पीडितका अश्लिल फोटोहरु सार्वजनिक गरेको, पीडितका आफन्त तथा साथीभाईहरुलाई अश्लिल फोटोहरु पठाई चरित्र हत्या गरेको, पीडितलाई दुई पटक गर्भपतन गराएको कसुरमा निज रिजवान अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१।१६ गते पक्राउ गरेकाे हाे ।
निज अन्सारीलाई मोरङ जिल्ला अदालतबाट जवरजस्तीकरणी, गर्भ संरक्षण सम्बन्धी कसुर, विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ ।