दुहबी / सुनसरीको दुहबी १० स्थित रहेको बुद्ध चौकको अवैध संरचना घर टहरा खालीगराउन आईतबार डोजर चलेको हो ।
अवैध घर टहरा घर धनिहरु लाई ३५ दिने ७ दिने र ३ दिने गरी तीन पटक सम्म सूचना दिंदा समेत अटेर गरेकोले प्रहरी बल प्रयोग गरेर डोजर लाउनु परेको दुहबी १० नम्बर वडाका वडाअध्यक्ष तुलाराम माझीले जानकारी दिए !
सामाजिक सदभाव कायम राख्न ३ पटक सूचनाको म्याद सकिएपनि ५ दिन सम्म पटकपटक जानकारी गराउदा समेत न मानेकोले विकासकोलागि आफू बाध्य भएर डोजर लाउनु परेको वडाअध्यक्ष माझी बताउँछन् !
उता सोही ठाउँको सडक पेटिमा निर्माण रहेको अवैध संरचना घर टहराहरु हटाउन केही दिन अगाडी मात्र स्थानीय बुद्धि लाल मडरको अध्यक्षतामा सात सद्स्य रहने गरी बजार व्यवस्थापन समिति समेत गठन भएको समितिका सचिप सुमन साहले बताए ।





