दुहबी / दुहबी नगरपालिकाको स्वामित्वमा रहेको दुहबी बजारको ६ लेन सडकको करीब ५० मिटर क्षेत्रमा डोजर लगाउन सुरु गरेको छ
६ लेन सडकको बाधक रहेको ६ सय ३० मिटर जग्गा मध्ये दुहबी नगरपालिकाको स्वामित्वको करीब १० कठा जग्गा भित्र रहेको संरचना मंगलबार देखि एकै पटक १० वटा डोजर प्रयोग गरी हटाउन सुरु गरेको छ ।
दुहबी नगरपालिकाले ३ महिना अगाडी घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत बिराटनगरमा रिट दायर गरेका थिए ।
हिजो सोमबार उच्च अदालत बिराटनगरले निशेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि दुहबी नगरपालिकाले बाक्लो मात्रामा प्रहरी परिचालन गरेर अत्याधिक बल प्रयोग गरी डोजर लगाउन सुरु गरेका छन
यता दुहबी नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बर्सौदेखी बसेका स्थानीय आन्नन्द साह भन्छन उच्च अदालतको रिट खारेजको पुर्न पाठ नआईकन अचानक खाली गराएकोमा दुखेसो पोखेका छन ।