दुहबी / सुनसरीको बर्जु गाउँपालिका-३ केसलिया पुल स्थितबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ
शनिबार बेलुका ६ बजे दुहबी प्रहरीको कमाण्डमा अमडुवा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले केसलीया पुल भित्री सडक खण्डको बाटो हुँदै अवैध रुपमा भन्सार छली, चोरी, निकासी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका रेडिमेट कपडा भेष्ट ३ सय ६० पिस अन्दाजि १ लाख ८ हजार बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि कोशी व्यारेज भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धि राम चौलागाईले जानकारी दिएका छन ।





