प्रहरीले मोरङबाट अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो ।
लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप– महानगरपालिका वडा नं– ५ की सुस्मिता लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए ।
पक्राउ परेका लिम्बूमाथि अनुसन्धान भइरहेको उनले बताए । कोशि अनलाईन बाट





