दुहबी / सुनसरीको दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाइ उपेक्षा गरेको आरोप बाहिरिएको छ ।
उपेक्षा गरेको आरोप बाहिरिएको बेला दुहवीका महिला सदस्यहरुले मंगलबार नगरप्रमुख वेदनारायण गच्छदारलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
निर्वाचित महिला वडा सदस्यहरुले सामूहिक रुपमा दुहबी नगरप्रमुख गच्छादारलाइ ध्याकार्षण पत्र बुझाएका हुन्। नगरप्रमुखको कार्यकक्षमै पुगेर १२ वटै वडाका महिला वडा सदस्यहरुले वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेट सहित कुर्सीको व्यवस्था गर्नुपर्ने सहितको माग राखेर ध्यानाकार्षण पत्र बुझाएका हुन्।
वडा अध्यक्षहरुले वडाका सम्बेदनशिल गतिबिधि, बिकास निर्माण, लगायत महत्वपुर्ण निर्णयगर्ने बेलामा जानकारी नदिने, बैठकमा हस्ताक्षर मात्र गर्नुपर्ने अबस्था रहेको हुदा भुमिका बिहिन नभई जनप्रतिनिधि भुमिका निर्वाहमा जिम्बेवारि दिनुपर्ने लगायतका माग सहित नगरप्रमुखलाइ ध्यानार्षण पत्र बुझाएका छन्।
नगरप्रमुख ध्यानाकर्षण पत्र बुझ्दै सबै महिला सदस्यहरुलाई वडाका समस्या बारे सोधेका थिए । केहि वडामा जस्तो समस्या रहेपनि आगामि दिनमा यो समस्या रहन नदिने र महिला सदस्यहरुको सँजाललाइ आफूले न्यायोचित हुने गरि सघाउने प्रतिबद्दता जनाएका थिए ।
नगर प्रमुख गच्छ्दारले जायज माग प्रती सम्वोधन गर्ने आस्वासन दिदै ढुक्क हुन आग्रह गरेका थिए।