काठमाडौं । सरकारले मिटरब्याज लिनुलाई अपराध घोषणा गरेर सजाय गर्न कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए
गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।
उनीहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।





