दुहबी / सुनसरीको दुहबी नगरपालीका प्रमुख बेद नारायण गच्छादार सम्मानित भएका छन् ।
नेपाल नेत्रजोती संघ केन्द्रीय समिति काठमाडौंले गत सोमबार एक कार्यक्रमका बिच मेयर गच्छादारलाइ सम्मान गरेको हो ।
सो समान्न कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले दोसल्लाह ओडाइ कदर पत्र सहित सम्मान गरेका थिए ।
देशभरका पालिका मध्ये सुनसरीको दुहबी नगरपालीकाले उत्कृष्ट रुपमा दृस्टिबिहिन तथा आखाका रोगीहरुको उपचार क्षेत्रमा महत्वपुर्ण योगदान गरेबापत नगर प्रमुख बेद गच्छादारलाइ ४५औ स्थापना दिवसको अवसर पारेर बिशिस्ट नेत्रज्योतीले सम्मान प्रदान गरिएको थियो ।
दुहबी नगरपालीकाका नगरप्रमुख बेद गच्छादारले बिराट आखा अस्पताल संग सम्झौता गरेर पालिका भित्रका मोतिबिन्दु, जलबिन्दु र आखामा मासु पलाएका बिरामिहरुलाइ निशुल्क उपचार गर्दै आएका छन्।
पैसा अभाव कै कारण कसैले पनि यि ३ रोगको कारण अन्धोपनको शिकार बनि नारकिय जिबन ब्यतित गर्न नपरोस भनेर २०७५/७६ देखि निरन्तर दुहबी नगरपालीकामा गच्छदारले निशुल्क आखा जाँच र सल्यकृया सन्चालन गर्दै आएका छन्।
हाल सम्म २२ सय भन्दा बढिको आखा जाँच पछि सल्यकृया गराइ ज्योति प्रदान गरिसएको र १८६ जना बिद्यार्थिहरुको समेत आखा जाँच पछि औसधि उपचार र चश्मा प्रदान गरिएको छ।
सम्मान पछि बोल्दै गच्छादारले नेपाल नेत्रजोति संघले विशिष्ट सम्मान गरेकोमा हार्दिक धन्यबाद दिदै सधै हातेमालो गर्दै सहयात्रा गरि रहने प्रतिबद्धता गरेका छन्।