दुहबी / सुनसरीको बर्जु गाउँपालिकामा गत बुधबार श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुंदा पछाडी सवार श्रीमतीको मृत्यु भएको विभिन्न संचार माध्यमममा सो दुर्घटनाको समाचार सम्प्रेशन भयो ।
तर घटना घटेको २४ घण्टा नबित्दै घटना अर्को मोड लिएको छ ।
दुर्घटनामा परी मृत्यु भएकि बर्जु ३ बस्ने ३६ बर्षिया चन्द्रकला देवि रायको आफ्नै श्रीमान्को कुटपिटबाट मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
बुधबार दिउँसो श्रीमान् – श्रीमती मामाका छोराको विवाह पार्टी खाएर घर फर्किएका थिए ।घरमा पुगेपछि श्रीमान् शैलेन्द्र रायले कुटपिट गरेका थिए ।
कुटपिटबाट बेहोस भई गम्भिर घाइते भएकि कोसि अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएको केही समय नबित्दै उनको मृत्यु भएको थियो । तर घटना लाई ढाकछोप गर्न श्रीमान् शैलेन्द्रले मोटरसाइकल दुर्घटना भएको बहाना बनाएको तथ्य खुलेको हो ।
दुर्घटनामा मोटरसाइकल र चालक लाई कुनै चोटपटक नदेखेपछि प्रहरीले सो घटनालाई गम्भिर रुपमा हेरेको थियो ।
सुनसरी जिल्ला प्रहरी प्रमुख प्रभुप्रसाद ढ्कालले प्रारम्भिक अनुन्धानबाट श्रीमानले नै कुटपिट गरी हत्या गरेको बताए ।
प्रहरीका अनुसार श्रीमान्ले विवाहबाट फर्किदा बाटोमा भएको विवादलाई लिएर आवेशमा आएपछि घरमा लगेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
दुर्घटनाबारे प्रहरी लाई जानकारी गराएको केही समयमै शैलेन्द्रल आफैले एम्बुलेन्समा राखेर अस्पताल लगेका थिए ।
प्रहरी लाई बोलाएर आफै अस्पताल लगनु नै प्रहरीका लागि ह्त्या आरोपित शैलेन्द्रललाई शंका गर्ने आधार बनेको थियो ।
त्यसै अनुसार प्रहरीले शैलेन्द्रले गरेका क्रियाकलाप र कुराकानीबाट ह्त्या गरेको हुन सक्ने अनुसंधान गरेको हो ।
अहिले हत्या आरोपित राय ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छ्न ।
सो घटनाबारे थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।