दुहबी / सुनसरीको दुहबी नगरपालिका-१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका-२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका-३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले उनिहरुलाई प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।