• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

राष्ट्रिय गौरवको आयोजना गुमाउँदै दुहबी र धरान

काेचिला खबर by काेचिला खबर
03/11/2023
in स्थानीय
173
SHARES
785
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / राष्ट्रिय गौरवको आयोजना रानी–विराटनगर–धरान हुँदै चीनको सीमा किमाथाङ्कालाई जोड्ने ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

१० वर्षमा काम सक्ने गरी पहिलो चरणमा ४९ किलोमिटरमध्ये आयोजनाले जोगबनीदेखि धरानको तीनकुनेसम्म ४२ किलोमिटर खण्डमा करिब ८० प्रतिशत काम सकेको छ ।

१० अर्ब ९८ करोडमा सम्पन्न हुने भनिएको आयोजना सुनसरीका मुख्य दुई शहर क्षेत्रको ७ किलोमिटर सडक अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । दुहबी बजारको २ किलोमिटर र धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म ५ किलोमिटर सडक खण्डमा ठेक्का लाग्न नसकेको हो ।

२०८० साल असारमा आयोजनाको मिति सकिंदैछ । तर अझैसम्म स्थानीय र सरकारले आयोजनामा समन्वय गर्न नसक्दा राष्ट्रिय गौरवको आयोजना अपूरो हुने संकेत देखिएको छ ।

६ लेन सडक निर्माण गर्दा सडकको बीच भागबाट दायाँबायाँ २५–२५ मिटर चौडा पार्नुपर्ने मापदण्ड छ । २०५४ सालमा तत्कालीन मन्त्रिपरिषदले दुहबी बजारको ६३० मिटर लाई बिल्ट्प एरीया घोषणा गरेको थियो ।

त्यही निर्णयका कारण उक्त स्थानमा कसरी सडक निर्माण गर्ने भन्ने अन्योल छ । २५–२५ मिटर दायाँबायाँ छोड्दा मुख्य बजारका २ सय ८ वटा घर र संरचना भत्काउनु पर्ने हुन्छ ।

धरानको तीनकुनेदेखि जिरो प्वाइन्टसम्म ५ किलोमिटर सडकमा पनि समस्या उस्तै छ । बजार क्षेत्रबाट ६ लेन सडक निर्माण गरे यहाँका १ हजार घर संरचना भत्काउनु पर्ने हुन्छ ।

सडक आयोजनाले घरको मुआब्जा दिने तर जग्गाको नदिने भनेकाले स्थानीय तहलाई समेत राष्ट्रिय गौरवको आयोजना निल्नु न ओकल्नु जस्तै भएको छ ।

धरानका निवर्तमान मेयर तिलक राईले आयोजनाको काम तत्काल सुरु गर्ने गरी ६ लेन सडकलाई घटाएर ४ लेन बनाउने गरी गृहकार्य अघि बढाउने सहमतिनजिक पुगिसकेको थियो ।

त्यसयता नयाँ जनप्रतिनिधि आए पनि समस्या समाधान गर्नु पर्नेमा अब कसरी सहमति गराउने भन्ने ठोस आधार नै तयार गर्न सकेका छैनन् । जसका कारण आयोजनाको ६ महिने समय यत्तिकै सकिने देखिएको छ ।

धरानका नगर प्रमुख हर्कराज राई सडक सीमाभित्र पर्ने घर भत्काउन तत्काल नसकिने बताउँछन् । ६ लेनलाई घटाएर ४ लेन बनाउन तीनकुनेदेखि भानुचौकसम्म सम्भव भए पनि त्यसमाथि जिरो प्वाइन्टसम्म के गर्ने भन्ने अन्योल रहेको नगर प्रमुख राई बताउँछन् ।

नगरले यसअघि सडकको भाग ५० फिट छोडेर घर नक्सापास गरेर घर बनाउने अनुमति दियो । सडकले त्यही ठाउँमा ८० फिट माग्छ नगर प्रमुख राई भन्छन् ‘गो अहेड, भन्दिउँ घर भत्काउँछ, नभनौं राष्ट्रिय योजना नबन्ने भयो ।’ उनले अब स्थानीयसँग कुरा नगरी काम अघि बढाउन नसकिने बताए ।

सडक आयोजनाले सडक सीमा भित्रका संरचना नहटाइ ठेक्का लगाउन नमिल्ने बताउँदै आएको छ । ६ महिना भित्रमा दुहबी र धरानमा स्थानीय सरकारसँग समन्वय गरेर ठेक्का प्रक्रिया अघि बढाउने तर काम हुन नसके सडक डिभिजन कार्यालय विराटनगरको जिम्मा लगाउने तयारी आयोजनाले गरेको छ ।

आयोजनाकी इन्जिनियर प्रियंका झाले दुहबीको २ किलोमिटरमध्ये बिल्टप एरिया घोषणा गरेको ६३० मिटर बाहेक सडक बिस्तार गर्न काम अघि बढेको बताउँछिन् । उनले लगत कट्टा उठाएर अर्थ मन्त्रालयमा पुर्याएको बताउँदै स्वीकृत गर्ने बित्तिकै काम अघि सुरु हुने झाको भनाई छ ।

यता दुहबी नगरपालिका र धरान उपमहानगरपालिकाले सक्रिय भूमिका खेल्न नसके राष्ट्रिय गौरवको आयोजना गुमाउने निश्चित भएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist