दुहबी / मोरङको बुढीगंगा गाउँपालिकाको सरकारी सुविधा ईन्धनमा जनप्रतिनिधि र कर्मचारीको मस्ति स्थानीय लाई सास्ती भएको स्थानीयहरुको चरम गुनासो छ ।
मोरङको बुढीगंगाले ईन्धनमा अनियमितता गरेको आशंकामा खर्च बिवरणको सूचना लुकाउदै गरेको पाईएको छ ।
बुढीगंगा गाउँपालिकाले ईन्धनमा अनियमितता गरेको आशंकामा स्थानीयले गत पुष १८ गते खर्च बिवरण सार्वजनिक गर्न लिखित माग गरेका थिए ।
स्थानीयले सार्वजनिक सूचनाको २०६३ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०७२ को दफा ३ र ७ प्रयोग गरी सूचना तथा विवणको प्रमाणित प्रतिलिपी पाउ भन्दै निवेदन पेश गरेका थिए ।
सो लिखित सुचनाको हक सम्बन्धि लिखित निवेदन पेस गरेको दुई महिना भई सक्दा समेत सूचना लुकाएर सूचना सार्वजनिक गर्न आनाकानी गरेको निवेदकहरु बताउछन ।
सो निवेदन बुढीगंगा गाउँपालिकामा दर्ता नम्बर २१९१ रहेकोछ भने बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले निवेदनमा तोक लगाएको देखिन्छ ।
उता बुढिगंगा गाउँपालिकाको सरकारी प्लेट नम्बरको गाडीहरू पालिका अन्तरगत कार्यालय बाहेक निजि काममा प्रयोग
गरिरहेको आरोप लगाउदै जन प्रतिनिधि तथा कर्मचारीले बिदाको दिन समेत दुरुपयोग गरेको भन्दै ईन्धनको खर्च अत्याधिक भएको हुनाले बिल भौचर लगायत सो गाडी काँहा काँहा प्रयोग भएको भनी सार्वजनिक गर्न माग गरेको निवेद्क एक स्थानीयले बताएका थिए ।
बुढीगंगा गाउँपालिका अन्तरगत कार्यालयको सवारी बाहेक जन प्रतिनिधी र कर्मचारिकै मिलोमतोमा निकटका नाता गोता आफ्न्त कार्यकर्तालाई समेत बेला बेलामा ईन्धन बाँडने गरेको स्थानियको आरोप छ ।
आज बुढीगंगाको सूचना अधिकृतको कार्यालयमा गइ २ महिना बितिसक्यो सूचना किन लुकाइराखेको भनेर एक निवेदकले प्रश्न गर्दा प्रमुख प्रशासकिय अधिकृत ले दिनु भएको छैन भन्दै पन्छिन खोजेकोले इन्धनमा ब्यापक भ्रष्टाचार भएको आशंका जायज रहने बताए । यो समाचार कोचिला खबर देैनिक पत्रिका बाट साभार गरिएको छ ।





