दुहबी / दुहबीको बस्ति छेउमै मापदण्ड बिपरीत उद्योग निर्माणकार्य बिरुद्ध उच्च अदालत जाने तयारी गरिएको स्थानियहरुले बताएका छन ।
सुनसरीको दुहबी ८ स्थित घना बस्तिकै छेउमा मापदण्ड बिपरीत गिरिस लुनियाको अरिहन्त इन्फ्रास्टक्चर प्रा.ली.स्टिल उद्योग निर्माणकार्य भएको भन्दै स्थानीय आक्रोशित हुँदै अदालत जाने भएका हुँन ।
छाताबेलि र बिरगाउँ स्थित पुरानो वस्तीको करिव ५०-१०० मिटर दुरीमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले
बिरोध गरेका छन् ।
पुरै दुहबी नगरपालिकालाई औधोगिक क्षेत्र बनाएर पुरानो वस्ती थात थलोवासीलाई विस्थापित गर्ने अधिकार कोइ कसैलाई न भएको भन्दै स्थानीयहरु आक्रोशित छन् । उद्योग भनेको पुरानो मानवीय वस्तीबाट कम्तीमा १ किलोमीटर पर हुनुपर्ने भन्दै दुहबी ८ मा निर्माणाधीन यो उद्योग घना वस्ती भन्दा १ सय मिटर छेउमा निर्माण हुनु हुँदैन भन्दै स्थानीयको आक्रोश छ । बिष्णु मावी स्कुल, खेलकुद मैदान, दुहबी ९ को वडा कार्यालय र स्वास्थ्य चौकि समेत निर्माणाधीन उद्योग छेउमा रहेको छ । यो उद्योगको प्रारम्भिक वातावरणिय परिक्षण (IEE) पास गर्न न दिने भन्दै स्थानीयहरु अदालत जाने भएका हुन । नागरिकलाई संविधानले दिएको बाच्न पाउने हक अधिकार हनन गरेको भन्दै स्थानीयहरु थप आक्रोशित छन् ।
उद्योगि गिरिस लुनिया र दुहबी न.पा.ले वातावरण संरक्षण नियमावली २०५४ को नियम ७ अनुसार प्रारम्भिक वातावरणीय परिक्षण (IEE)प्रतीवेदन तयार गर्ने प्रयोजनकोलागि प्रकाशित गरिएको १५ दिने सार्वजनिक सूचना सो उद्योगि र दुहबी न.पा.को कार्यालयले गुपचुप जालसाजी गरी, आर्थिक चलखेल गरी प्रतिवेदन सिफारिस गरेको आरोप लगाउदैं स्थानीयहरु आक्रोशित छन् । तर सिफारिस विपरीत सो स्टिल उद्योग स्थापनाका कारण त्यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक, भौतिक आदि क्षेत्रहरुलाई अत्याधिक प्रतिकुल र नकारात्मक प्रभाव पारेको आम जनता र सरकारी संघ संस्थाहरुलाई अत्यन्तै प्रभाव पारेको जग जाहेर हुँदा समेत सरोकारवाला बेखबर रहेको भन्दै अत सो उद्योग प्रारम्भिक वातावरणिय परिक्षण(IEE)मा फेल भएको कानुन र नियमावली अनुसार ठहर भएको स्थानीयहरु बताउँछन् ।
बस्ति लाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योग बाट अत्याधिक धुलो धुवाँ ध्वनि प्रदुषण हुँनुका साथै उद्योग बाट निस्किने बिषादी रासायनिक पानी , धुवाँ धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणिय प्रभाव मूल्यांकन(आइइइ) र स्थानियहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य
रोकन संम्पुर्ण सरोकारबाला जनप्रतिनिध लगायतहरुसंग आग्रह समेत गरेका छन ।
सो उद्योगले किसानहरुले सिंचाइ गरीरहेको कुलो नहर समेत मिचेर उद्योग निर्माणकार्य गरिरहेकोमा केही दिन अगाडी मात्र सोही बिषयमा दुहबी वडा नम्बर ८ को कार्यालयमा उजुरी समेत परेको थियो ।
किसानहरुका भनाई अनुसार सो उद्योगको कारण खेती योग्य जमीनको बालिनालीमा समेत असर पुग्न सक्ने
बताउछन ।
हाल दुहबी वडा नम्वर ८ को कार्यालयले सो उद्योगलाइ चार किल्ला र घरेलु बिद्युतको सिफारिस मात्रै दिएको दुहबी ८ का वडाअध्यक्ष तारिचन्द्र
सरदार बताउछन।
वैलैमा सरोकारवालाहरुले ध्यान न पुर्याउँदा दुहबी २ स्थित वस्ती छेवमा रहेको प्रिमियर स्टिल उद्योगको प्रदुषणका कारण पुरै वस्ती वारम्वार आन्दोलन गरिरहेको छ। केहि सरोकारवालाहरुको गलत सिफारिसले गर्दा प्रिमियर स्टिल उद्योगमाथी स्थानियहरुले गरेको मुद्दा अदालतमा विचराधिन रहेको वेलामा परापूर्वकालदेखिको छाताबेलि र बिरगाउँ वस्तीवासीहरु वेलैमा सजग हुँनुपर्ने जानकारहरु बताउँछन ।
सुनसरी–मोरङ करिडोरमा उद्योग स्थापना संचालन र निर्माण हुनु न्यायोचित र कानुन सम्मत भएपनि विकास समृद्धि र औद्योगिकरणको नाममा करिडोर भन्दा पुर्व पश्चिम उत्तर दक्षिण भित्र गाउँ वस्ती, सिंचाइ कुलो लगायत सामाजिक, सांस्कृतिक, जैविक, मानवीय वस्ती, पुरानो गाउँ थातथलोहरुलाई प्रभाव असर र बिस्थापित उठिवास र मानवको बाच्न पाउने अधिकार (right to live) बाट बन्चित गरि वातावरणिय प्रभाव मुल्यांकन हचुवाको भरमा कागजिरूपमा गरि ठुला–ठुला उद्योगहरुको सहमती, स्वीकृति, संचालन र निर्माण बन्द गर्नुपर्ने भन्दै स्थानीयहरु आक्रोशित छन् ।





