दुहबी / होली पर्वलाई मध्यनजर गरी आज दुहबी एरीयाको विभिन्न ठाउँमा ट्राफिक जाँचमा कडाई गरिएको छ ।
ट्राफिक प्रहरीले मंगलबार बिहान ४ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा मोटरसाइकल दुहबी प्रहरीको नियन्त्रणमा रहेको स्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ ।
दुहबीको विभिन्न ठाउँमा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने ७ जना मोटरसाइकल चालक मादक पदार्थ सेवन गरेको र मोटरसाइकलमा तीन जना सवार भएको केही चालक हेल्मेट नलगाइ सवारी चलाएको लगायत लाई नियन्त्रणमा लिएको स्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ ।
होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले दुहबी एरीयाको विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।