दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० सिमरिया स्थित बुद्ध चौकको एक घरमा आगलागीबाट २ करोड भन्दा बढि क्षति भएको छ ।
स्थानीय दुहबी १० का चन्दन कुमार चौधरीसको घरमा आईतबार राती करिब २:३० को समयमा आगलागी भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
आगलागी भएको घरमा संचालन गर्दै आएको स्नेहा हार्डवेयर गोदाममा लागेको आगो बाट अन्दाजि ३ करोडको क्षती भएको घर धनि तथा स्नेहा हार्डवेयर संचालक चन्दन कुमार चौधरीले बताएका छन ।
आगो बिद्युत सर्ट भएर लागेको हुन सक्ने स्थानियहरुले बताएका छन्।
आगलागी बाट सिसि क्यामेरा, ल्याप्टप, फर्निचर का सामान, पिभिसि पाइप,एटेम कार्डहरु,मोर्ट,लगायत हार्डवेयरका सामान हरु जलेर नस्ट भएका छन भने मानबिय क्षेति भने भएको छैन्। आगलागि भएको केहि समय पछि घरधनि चौधरीले छिमेकमा हो हल्ला गरेपछि स्थानियहरुको सहयोगमा परिवार लाई बचाउन सफल भएको चौधरीले बताए।
घटना स्थ्लमा तत्काल इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझिको कमाण्डमा खटिएका सुरक्षा कर्मिहरु दुहबी , ईनरुवा , ईटहरी र बिराटनगरका बारुणयन्त्र लगायत स्थानीयहरुको सहयोगमा ४ घण्टा पछि आगो लाई नियन्त्रण लिन सफल भएको स्थानीय हरुले बताए





