दुहबी / सुनसरीको दुहबी नगरपालिका–७ घर भएकी हाल दुहबी ४ पिपल चोक स्थित आमा संग डेरा गरी बस्ने १३ वर्षीया पुजा साह मंगलबार सांझ ६.४५ बजेको समयमा आफ्नै कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला
परेको ईलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार घटना बारे थप अनुसंधान भईरहेकोले
पोस्टमार्टमको रिपोर्ट नआए सम्म केही भन्न नसकिने बताए ।





