दुहबी / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
लेनदेन बिगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७९|१०|२० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १४ दिन कैद बेरुजु रहि फरार रहेका मोरङ ग्रामथान गाँउपालिका-२ पडारवानीका ४२ बर्षीय चन्दन कुमार माझिलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको माझिलाई सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।





