दुहबी / सुनसरीको दुहबीमा पहाडि मूलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षको एक महिलाको बेवारिसे लास फेला परेको छ
बिहीबार साँझ करिब साढे ५ .३० बजेतिर दुहबी नगरपालिका–४ मालहट्टी स्थित सो लास फेला परेको दुहबी प्रहरीले जानकारी दिएका छन ।
घटनास्थलमा मुचुल्का गरी लासलाई पोष्टमार्टमको लागि
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी पठाइएको हुँदा चिन्नु हुने महानुभावहरुले यस ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा खबर गरीदिन प्रहरीको सूचनामा उल्लेख रहेको छ ।
प्रहरीको सूचना जस्ताको तेस्तै
मिति २०७९।११।०४ गते साँझको अं.१७.३० बजेको समयमा जिल्ला सुनसरी दुहबी न.पा वडा नं.-४ मालहट्टी स्थित गाईबस्तु बाध्ने सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा झट्ट हेर्दा पहाडी मुलको जस्तो देखिने अं.वर्ष-४०/४५ को महिला मानिस मृत अवस्थामा फेला परेको र सो लाशको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी पठाइएको हुँदा चिन्नु हुने महानुभावहरुले यस ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा सम्पर्क राख्नु होला ,
सम्पर्क नम्बर-९८५२०९०१२९/९८५२०४०४९९





